मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Thursday, 10 July, 2025
२o७९ मङ्सिर ७ बुधबार २२:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतान्तर घटाउँदै शंकर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार २२:४५:oo

दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमाले महासचिव शंकर पोखरेलले मतान्तर घटाएका छन् । 

५४ हजार ६ सय ७ मतगणना हुँदा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेखा शर्माले १९ हजार ७७२ मत प्राप्त गरेकी छन् । पोखरेलले भने १८ हजार ७५८ मत पाएका छन् । उनीहरूबीचको मतान्तर एक हजार १४ मा झरेको छ । 

यसअघि २६ हजार ४ सय २१ मतगणना हुँदा पोखरेल एक हजार नौ सय १२ मतले पछि थिए । अब २४ हजार ८३९ मतगणना हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

४ मंसिरको मतदानमा यहाँ ७९ हजार ४ सय ४६ मत खसेको थियो । शर्माले सुरुवातदेखि नै अग्रता लिएकी छन् ।