१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नवीन के‍सी अर्घाखाँची
२०७९ मङ्सिर ३ शनिबार ११:२९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पुरा : २०२ मतदान स्थलमा कर्मचारी खटिए

Read Time : > 1 मिनेट
नवीन के‍सी, अर्घाखाँची
२०७९ मङ्सिर ३ शनिबार ११:२९:००

अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पुरा भएकाे छ ।  निर्वाचनको लागी २०२ मतदान स्थलमा कर्मचारी पुगेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले जनाएको छ ।

मतदान केन्द्र अपाङ्गमैत्री, वृद्धवृद्धाहरु, असहाय, अशंक्तहरुलाई सहजता हुने गरी बनाइएको छ । मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले निर्वाचन स्वच्छ हुने बताउँदै निर्धक्क भएर मतदान गर्न सबै मतदातालाई अनुरोध गरेका छन् । ‘निर्वाचन स्वच्छ र भयरहित तरिकाले सम्पन्न हुन्छ, कहीँ कतै धाँधली हुन्छ कि भन्ने कल्पना नगर्दा हुन्छ,  भट्टराईले भने 'जिल्लामा राजनीतिक दल सहित सबै मतदाता सचेत छन्, मतदातालाई निर्धक्क भएर मतदान गर्न अनुरोध गर्दछु ।’

दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन

निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, जनपथ र म्यादी गरी दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए । ‘निर्वाचन स्वच्छ हुन्छ, राज्य संयन्त्रले सबै तयारी पुरा गरेको छ, मतदान स्थलमा समस्या आएमा १५ मिनेट भित्रमा नेपाली सेना, सशस्त्र प्रहरी मतदान स्थलमा पुग्ने गरी तयारी गरेका छौ, उनले भने, 'मतदाताले ढुक्क भएर मतदान गर्नुहोला।'  

१ हजार ६ सय १८ जना कर्मचारी

जिल्लामा निर्वाचन सम्मपन्न गर्न १ हजार ६ सय १८ जना कर्मचारी खटिएका छन् । ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको जिल्लामा ९७ मतदानस्थल, २ सय २ मतदान केन्द्र र १ वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।  एकवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्ने छन् । कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ । आसन्न निर्वाचनमा अर्घाखाँचीका एक लाख ६४ हजार सात सय ७८ मतदाताले मताधिकार उपयोग गर्ने छन् ।