१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o८:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सुर्खेत विमानस्थलमा बुद्ध एयरको ७२ सिटे जहाजको परीक्षण उडान सफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:o२:oo

 सुर्खेत विमानस्थलमा बुद्ध एयरको ७२ सिटे जहाज परीक्षण उडान सफल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोग तथा सहकार्यमा बुधबार बुद्ध एयरको जहाजको परीक्षण उडान सफल भएको छ । बुद्ध एयरले एटिआर ४२ जहाजबाट सुर्खेत–काठमाडौं नियमित उडान भर्दै आइरहेको थियो ।

परीक्षण उडानअनुकूल रहेको अवस्थामा ०२३ जनवरीदेखि सुर्खेत–काठमाडौं दैनिक दुई उडान सञ्चालन गर्ने योजना रहेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयरका अनुसार उक्त एटिआर ७२ विमानमार्फत उडान सञ्चालन गर्दा यात्रुहरूलाई  न्यूनतम भाडा सात हजार पाँच सय हुनेछ । त्यस्तै, डिसेम्बर ०२२ भित्र थप दुईवटा एटिआर ७२ जहाज ल्याउन लागेको विज्ञप्तिमा जनाएको छ । 

लामो समयदेखिको सपना पूरा भएको र आफूहरूले सस्तो भाडादरमा सुर्खेतबाटै नागरिकहरूले उड्न पाउनुपर्ने विषयमा वकालत गर्दै आएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव भद्र भण्डारीले संघको बताए ।

ad
ad