१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Monday, 07 July, 2025
२o७९ कार्तिक ३० बुधबार १९:१३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

हुम्ला प्रदेश १ मा गठबन्धनविरुद्ध दुई ‘बागी’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार १९:१३:oo

हुम्लाको प्रदेश (१) मा गठबन्धनविरूद्ध दुईजना बागी उम्मेदवार मैदानमा छन्। गठबन्धनका साझा उम्मेदवार रणसिंह परियारविरूद्ध  कांग्रेसबाट मंगलबहादुर शाही र सामाजवादीका हस्तबहादुुर शाहीले बागी उम्मेदवारी दिएका हुन्। 
 
उत्साहका साथ हेरिएको प्रदेश (१) मा गठबन्धनका साझा उम्मेदवार परियारलाई सकस हुने आकलन गर्न थालिएको छ। 

प्रदेश १ का उम्मेदवार परियारविरूद्ध दुई बागीले चुनौती दिएपछि यति वेला प्रदेश (२) का उम्मेदवार तथा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश (१) मै खटिएका छन्। 
 
स्वतन्त्र उम्मेदवार मंगलबहादुर र हस्तबहादुरले अन्तिम समयसम्म आफ्नो दाबी नछोडेपछि त्यसको फाइला हत्याउने  दाउमा छन्, नेकपा एमालेका प्रदेशका उम्मेदवार दल फडेरा। 

१८ हजार मतदाता रहेको प्रदेश १ मा गठबन्धनका नेता कार्यकताहरूले स्थानीय तहको मत सर्वेक्षण गरेका छन्। 

ताजाँकोट गाउँपालिकामा १८ सय १० मत र अदानचुलीमा १९ सय ६८ चंखेलीमा ११ सय ७१ मत सर्केगाड  ३५ सय ४३ मत गरी जम्मा ८ हजार ४ सय ९२ प्रदेश १ गठबन्धन मतका आधारमा विजयी हुने गठबन्धनको दाबी छ।

स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही पनि बलियो उम्मेदवारका रूपमा देखिएका छन्। ताजाँकोट र अदानचुली गाउँपालिकाबाट ७ सयदेखि १ हजार मत ल्याउनेबित्तिकै चंखेली र सर्केगाडमा बहमुत आउने शाही पक्षको दाबी छ।

यता एमालेका दल फडेराको मत सामाजवादीको हस्तबहादुर शाहीले काट्न सक्ने आकलन गर्न थालिएको छ। प्रदेशमा गठबन्धन जोगाउन मुख्यमन्त्री शाही आफ्नो चुनावी प्रचार गर्न छोडेर प्रदेश १ मा होमिएका छन्।