१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १९:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

आगामी निर्वाचन कौरव र पाण्डवको लडाइँ हो : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १९:४९:oo

दैलेखको क्षेत्र नं. २ दुल्लुमा गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन आमनागरिकहरूको अधिकारको रक्षा गर्ने वा खोस्ने भन्ने विषयमा जनमतसंग्रहको रूपमा रहेको बताएका छन्। उनले यस निर्वाचनलाई  कुरुक्षेत्रको संज्ञासमेत दिएका हुन्।

देशलाई अझै उन्नति र प्रगतिमा लिनका लागि पाँच दल पाण्डवको रूपमा अगाडि आएको, आगामी निर्वाचन कुरुक्षेत्रको लडाइँजस्तो भएकोले जनताले सचेत भएर गठबन्धनमा मतदान गर्नसमेत उनले आग्रह गरे। 

‘पाँच दल पाण्डवको रूपमा निर्वाचनमा होमिएको छ, देशलाई स्थिरतातर्फ अगाडि बढाउने तयारी छ, कौरवहरू पनि लडाइँमा छन्, त्यसैले यो निर्वाचन कुरुक्षेत्रजस्तो हुने सम्भावना छ,’ गठबन्धनलाई जिताउन जनताले सचेत भएर कुनै पनि आग्रह पूर्वाग्रह नराखेर मतदान गर्न आग्रह गर्दै प्रचण्डले भने। 
 

ad
ad