१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Monday, 30 June, 2025
२o७९ कार्तिक २९ मंगलबार १७:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुई हजार किलो अवैध भारतीय माछा नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार १७:२४:oo

चितवनमा अवैध यपमा ल्याइएको दुई हजार किलो भारतीय माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी संघ चितवन र सशस्त्र प्रहरी बल आँपटारीको संयुक्त टोलीले बरामद गरेको ५० कार्टुन अवैध माछा सोमबार नष्ट गरिएको हो।

संघका चितवन अध्यक्ष खगेन्द्र सुवेदीका अनुसार यो सिजनमा मात्र चितवनमा भारतबाट भन्सार नतिरी ल्याइएका चार हजार ६५० केजी माछा नष्ट गरिसकेको छ। नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिका– २ बस्ने २३ वर्षीय विवेककुमार तेलीले भारतबाट चोरी निकासी गरी लैजाँदै गर्दा अन्दाजी चार लाख रुपैयाँ मूल्य पर्ने उक्त माछा बरामद भएको थियो।

सडेर गन्ध आएको सो माछा लु ३ च ३६३६ नम्बरको पिकअप गाडीमा ल्याउँदै गर्दा प्रहरीले बरामद गरेको थियो। बरामद माछा पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ को नियम २ (ख) अनुसार निसंक्रमण विधि अपनाई जलदेवी सामुदायिक वन परिसरमा सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।