मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक २९ मंगलबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक २९ मंगलबार ११:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टोखा नगरपालिकाका २८ माओवादी नेता–कार्यकर्ता एमाले प्रवेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक २९ मंगलबार ११:१८:oo

काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट टोखा नगरपालिकाको मेयरका उम्मेदवार रहेका राकेश श्रेष्ठ एमाले प्रवेश गरेका छन्।

माओवादी केन्द्र काठमाडौं जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठको नेतृत्वमा एमाले प्रवेश गर्ने २८ जनालाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गरे। पोखरेल काठमाडौं ५ मा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार हुन्।

श्रेष्ठले कांग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको बताए। गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा श्रेष्ठले तेस्रो मत प्राप्त गरेका थिए। माओवादीबाट एमाले प्रवेश गर्नेमा नगर सचिव सुरेन्द्र श्रेष्ठलगायत पनि रहेका छन्।