तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएको भन्दै सम्बन्धित निकायले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरेको छ।
ड्याम फुटेका कारण थप पानीको बहाब आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानतर्फ जान तथा आसपासका नागरिकलाई समेत सुरक्षित स्थानमा जान जानकारी गराउन अनुरोध गरिएको छ ।