पाकिस्तानको ‘ब्रोड पिक’को हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली नागरिकको शव स्वदेश ल्याइएको छ।
यही साउन १४ गते हिम पहिरोमा परी निधन भएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत मंगलबार काठमाडौं ल्याइएको हो।
2026-08-11-07-33-09.jpeg)
उक्त दुर्घटनामा निधन भएका पुरबहादुर गुरुङ ‘युक्त’को शव साउन २१ गते नेपाल ल्याइसकिएको छ। दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीनजनाको शव फिर्ता ल्याउन बाँकी रहेको बताइएको छ।
2026-08-11-07-33-26.jpeg)