पोखरा विमानस्थलसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग विशेष अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतका न्यायाधीधहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बयानपछि धरौटी माग गरेको हो।
उनीविरुद्ध अख्तियारले तीन अर्ब ६२ करोड पाँच लाख बिगो कायम गरेको थियो।
ठेकदार कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएको आरोपमा आयोगले १३ व्यक्ति र ठेकदार कम्पनीविरुद्ध गत २४ वैशाखमा मुद्दा दायर गरेको थियो। चार महिनापछि कार्की अदालतमा उपस्थित भएका हुन्।