Skip This
दाङमा ८५ वर्षमा सम्बन्धविच्छेदको मुद्दा, दाबी नपुग्ने अदालतको फैसला
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २६ मंगलबार
  • Tuesday, 11 August, 2026
२o८३ श्रावण २६ मंगलबार २१:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा ८५ वर्षमा सम्बन्धविच्छेदको मुद्दा, दाबी नपुग्ने अदालतको फैसला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ श्रावण २६ मंगलबार २१:४७:oo

दाङका एक ८५ वर्षीय ज्येष्ठ नागरिकले ८५ वर्षमा दिएको सम्बन्धविच्छेदको मुद्दालाई जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ।

घोराही उपमहानगरपालिका वडा नं. १३, वनगाउँमा डेरा गरी बस्ने ८५ वर्षीय वीरबहादुर गुरुङले आफ्नी श्रीमती सुनमाया गुरुङविरुद्ध दिएको फिरादमा अदालतले यस्तो निर्णय सुनाएको हो। बादी वीरबहादुरले श्रीमतीले २०६७ सालदेखि आफूलाई बेवास्ता गरेको र बुढेसकालमा सहारा नदिएको भन्दै सम्बन्धविच्छेदको माग गरेका थिए।

श्रीमती सुनमाया गुरुङले भने पतिले अर्को विवाह गर्ने नियतले झुट्ठा मुद्दा लगाएको र आफूसँगै बस्न तयार रहँदारहँदै पनि पतिले नै स्वीकार नगरेको जिकिर प्रतिउत्तरमा गरेकी थिइन्।

उक्त मुद्दामा न्यायाधीश लालसिंह थापाको इजलासले गरेको फैसलाको पूर्ण पाठ मंगलबार सार्वजनिक गर्दै यसअघि पनि यिनै दम्पतीबिच चलेको सोही प्रकृतिको मुद्दामा सम्बन्ध विच्छेद नहुने गरी फैसला भइसकेको आधार देखाउँदै यसपटक पनि दाबी नपुग्ने ठहर गरेको हो । उनीहरूबिच २०७४ मा पनि यस्तै प्रकृतिको मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा पनि अदालतले मिलापत्र गरेर पठाएको थियो ।