मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २० मंगलबार १७:३३:oo
Read Time : > 1 मिनेट
समाचार

चितवनको सिमलताल र धादिङको चरौँदीमा विपतको सूचनाका लागि इलेक्ट्रिक डिभाइस जडान 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार १७:३३:oo

दुर्घटना तथा विपतजन्य घटनाको तत्कालै जानकारी दिनका लागि चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७, चरौँदीमा आपतकालीन सूचना प्रणाली (इलेक्ट्रिक डिभाइस) जडान भएको छ। 

बढी दुर्घटना हुन सक्ने स्थान छनोट गरी सशस्त्र प्रहरी बल नेपाल र लुना जिपिएस कम्पनीको सहकार्यमा केही दिनअघि हाललाई दुई ठाउँमा सो डिभाइस जडान भएको हो। दुर्घटना भइहालेमा उक्त डिभाइसबाट तत्कालै सशस्त्र प्रहरी बल, नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुने व्यवस्था मिलाइएको छ। 

कुनै पनि घटना तथा दुर्घटना भएमा त्यसको जानकारी दिनका लागि उक्त स्थानमा रहेका स्थानीय बासिन्दा तथा घटनाबारे जानकारी पाउने जोकोहीले सो डिभाइसमा रहेको हरियो बटन १० सेकेन्डसम्म थिच्नुपर्ने हुन्छ। बटन थिचिसकेपछि सशस्त्र प्रहरी बल, नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको साइरन बज्नेछ भने तालिम केन्द्रमा रहेको मोनिटरमा लोकेसनसहितको जानकारीसमेत हेर्न सकिनेछ। यसरी घटनाबारे साइरन बजेर दुर्घटना स्थानका बारेसमेत जानकारी हुनासाथ तत्कालै उद्धारका लागि सुरक्षा फौज परिचालन हुने सशस्त्र प्रहरीले जनाएको छ। 

 सो डिभाइसबारे तालिम शिक्षालय कुरिनटारले जडान गरिएका स्थानका स्थानीय बासिन्दाहरूलाई प्रयोगको तरिका र अवस्थाबारे जानकारी गराएको छ। 

 त्यसैगरी, नारायणघाटदेखि नागढुंगासम्मका स्थानीय बासिन्दा तथा सो क्षेत्रमा आपत् विपतमा परेका र घटना दुर्घटना देखेका व्यक्तिले आफ्नो मोबाइलमा समेत लुना जिपिएसको एप्स डाउनलोड गरी घटनाबारे जानकारी दिन सक्नेछन्। एप्सभित्र रहेको एसओएस बटनमा क्लिक गर्दा त्यसभित्र रहेका चारवटा अप्सन एम्बुलेन्स, बाढीपहिरो, आगलागी र दुर्घटनाका अप्सनहरू देखिनेछ, त्यसमा कुन प्रकृतिको घटना हो। त्यस अप्सनमा गई क्लिक गर्दा कुन व्यक्तिले जानकारी गराएको हो। विवरणसहित विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी प्राप्त हुनेछ। सो एप्सलाई डाउनलोड गरी अफलाइनमा समेत जानकारी गराउन सकिनेछ। 

 नारायणघाटदेखि नागढुंगासम्मको क्षेत्रमा प्रयोग गर्न सकिने मोबाइल एप्सले सो क्षेत्रमा हुने विपतमा तत्काल उद्धारका लागि सहजताका साथै आमनागरिकहरूको तत्कालै उद्धार तथा राहत कार्यमा प्रभावकारिता ल्याउने विश्वास गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।