मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २० मंगलबार ११:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुलिङ पिरियड छेडखानीमा सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याल दोषी ठहर

प्रतिवेदन आज प्रतिनिधिसभामा प्रस्तुत हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार ११:२४:oo

संघीय निजामती सेवा विधेयक षड्यन्त्रमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । कुलिङ पिरियड छेडखानीमा सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याल दोषी ठहर भएका छन् । 

लामो छलफलपछि मंगलबार बिहान सवा ४ बजे सर्वसम्मत प्रतिवेदन पास भएकाे हाे ।  समितिका सातजनाले नै हस्ताक्षर गरेर प्रतिवेदन फाइनल गरेका हुन् । सदस्य ईश्वरी घर्तीका अनुसार खतिवडा नैतिक जिम्मेवार ठहर भएका हुन् भने मुख्यसचिव अर्यालले पदीय आचरणविपरीत क्रियाकलाप गरेको ठहर समितिको छ । मुख्यसचिव अर्याल यसमा प्रत्यक्ष रुपमा संलग्न नभई प्रभावित पारेको भन्ने आधारमा उनलाई पनि समितिले जिम्मेवार देखाएको हो।