मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १६ शुक्रबार o६:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लामालाई निवास बोलाएर देउवाको निर्देशन– राजीनामा दिएर मार्गप्रशस्त गर्नू, लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्विकार्नू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार o६:o२:oo

कांग्रेस सभापति शेरबहादुर देउवाले राजीनामा दिन इन्कार गर्दै आएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर मार्गप्रशस्त गर्न निर्देशन दिएका छन् ।

देउवाले लामालाई लोकतान्त्रिक विधिबाट आएको परिणाम स्वीकार गर्न र विवाद धेरै नलम्ब्याउन निर्देशन दिएको बुढानीलकण्ठ स्रोतले बतायो । 

‘पार्टीभित्रको विवादले कसैलाई फाइदा पुग्दैन, दुवै पक्ष मिलेर जानूस्,’ लामालाई सभापति देउवाले दिएको निर्देशन उद्धृत गर्दै स्रोतले भन्यो, ‘लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गरेर जानू ।’

देउवासँगको भेटपछि लामाले निकट नेताहरूसँग छलफल गरेर निर्णय लिने मनस्थिति बनाएको लामानिकट स्रोतले बतायो ।

‘पार्टी सभापतिले मिल्नुपर्छ भन्नुभएको छ, उहाँको प्रस्ताव स्विकारेरै अगाडि बढ्नुपर्छ,’ स्रोतले भन्यो, ‘तर, उहाँ (लामा)ले राजीनामाअघि साथीहरूसँग छलफल गर्न चाहनुभएको छ । मार्गप्रशस्त गर्ने तयारी हो, तर कहिले गर्ने भन्ने टुंगो लागेको छैन ।’