
विभागीय टोली नेपाल एपिएफलाई प्रायोजकमा केल्मीले निरन्तरता दिएको छ। सोमबार एपिएफका अध्यक्ष सशस्त्र प्रहरी बल वरिष्ठ उपरीक्षक कमलप्रसाद तिमसिना र कामारु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौता-पत्रमा हस्ताक्षर गरे। सम्झौता पाँच वर्षको हुनेछ।
मुख्य प्रायोजक बनेबापत केल्मीले एपिएफको महिला तथा पुरुष फुटबल र भलिबल टोली, यू–१६, १८ पुरुष टोली, ब्याडमिन्टन टोली र ग्रासरुट फुटबल कार्यक्रमका लागि खेल पोसाक तथा सामग्री उपलब्ध गराउनेछ।
यसैगरी, केल्मीले एपिएफमा आबद्ध कर्मचारी, पूर्वकर्मचारी, अमर सशस्त्र प्रहरी कर्मचारीका परिवार, नेपाल एपिएफ स्कुल, सशस्त्र प्रहरी परिवार महिला संघ, नेपाल एपिएफ क्लबमा आबद्ध सदस्य, खेलाडी, प्रशिक्षकलाई खेल पोसाक तथा सामग्री खरिदमा विशेष छुट पनि प्रदान गर्ने भएको छ।
कमारु ट्रेडिङ नेपालका लागि अन्तर्राष्ट्रिय खेल सामग्री उत्पादक कम्पनी केल्मीको आधिकारिक विक्रेता हो।