मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ५ सोमबार १o:४९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनआइसी एसिया बैंक र ओम हस्पिटलबिच छुट सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार १o:४९:oo

एनआइसी एसिया बैंक र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिबिच बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख विमल लम्साल र हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका हुन् । यससँगै बैंकका ग्राहकले ओम हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्नेछन् । 

यो सुविधाको उपभोग गर्न ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबाइल बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । दुवै संस्थाबिचको यो सहकार्यले ग्राहकको स्वास्थ्य उपचारसँगै देशको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।