मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ५ सोमबार
  • Monday, 21 July, 2025
आरके प्रखर काठमाडौं
२o८२ श्रावण ५ सोमबार १५:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से दोहोरो अंकले बढ्यो, १६ अर्बभन्दा बढीको कारोबार

Read Time : < 1 मिनेट
आरके प्रखर, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ५ सोमबार १५:३५:oo

सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २१.७६ अंकले बढेर दुई हजार आठ सय ९२.७२ विन्दुमा कायम भएको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.८९ प्रतिशतले बढेको छ।

आज ३११ कम्पनीका तीन करोड ५६ लाख ४९ हजार कित्ता सेयर १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। यसअघि आइतबार कारोबार रकम ११ महिनायताकै उच्च  (करिब २१ अर्ब) अंकमा पुगेको थियो।

आज नेप्सेका सबै १३ वटै समूहको सूचक वृद्धि भएको छ। विकास बैंक, लघुवित्त, निर्जीवन बिमा र अन्य समूह एक प्रतिशतभन्दा धेरैले उकालो लाग्दा बाँकी समूह एक प्रतिशतभन्दा थोरै बढेका हुन्।

आज सबैभन्दा धेरै वृद्धि हुनेमा थ्री स्टार हाइड्रो, ट्रेड टावर, सान्वी इनर्जी र उन्नति सहकार्य लघुवित्त रहेका छन्। यी कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरै आर्जन गरेका छन्।

तर, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९६ प्रतिशत गुमाएका छन्।