मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २० शुक्रबार
  • Friday, 05 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २० शुक्रबार o७:५३:oo
Read Time : > 1 मिनेट
खेलकुद

मैत्रीपूर्ण खेलमा नतिजा नआए टाइब्रेकर हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २० शुक्रबार o७:५३:oo

अन्तर्राष्ट्रिय अभ्यासअनुसार मैत्रीपूर्ण खेलको नतिजा नआए दुवै टोलीलाई सयुक्त रूपमा विजेता घोषणा गरिन्छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र बंगलादेशबिचको दुईवटा मैत्रीपूर्ण खेलको नतिजा नआउँदा विजेताको छिनोफानो टाइब्रकेर हुने जनाएको छ । पहिलो तथा दोस्रो खेलमा स्पष्ट नतिजा नआए मैत्रीपूर्ण खेलको विजेता टाइब्रेकरबाट हुने एन्फाका प्रवक्ता सुरेश शाहले बताए । नेपाल र बंगलादेशबिच २१ र २४ भदौमा दशरथ रंगशालामा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुनेछन् । दुवै खेल साँझ ५:३५ बजे हुनेछ ।

‘समग्र परिणामका आधारमा विजेता घोषणा गरिनेछ । आवश्यक परेमा दोस्रो खेलपछि पेनाल्टी सुटआउट हुनेछ,’ शाहले भने, ‘यसका साथै विजेता टोलीलाई ट्रफी पनि प्रदान गरिनेछ ।’ दुई वर्षपछि दशरथ रंगशालामा नेपाली राष्ट्रिय पुरुष टोलीले प्रतिस्पर्धा गर्न लागेको हो । एसियन फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउन अयोग्य भनेपछि यहाँ नेपालले प्रतिस्पर्धा गरेको छैन । 

तर, यसै मैदानमा भने फिफाको आधिकारिक खेल हुँदै छ । फिफाले मान्यता दिएको मैत्रीपूर्ण खेल भएकाले नेपाल र बंगलादेशको वरीयतामा फरक पर्नेछ । विजेताले वरीयता सुधार्नेछ । पराजित हुने टोलीको वरीयता खस्किनेछ । फिफाको पछिल्लो राष्ट्रिय पुरुष टोलीको वरीयतामा नेपाल बंगलादेशभन्दा माथि छ । 

एन्फाले बढायो टिकट संख्या
एन्फाले नेपाल र बंगलादेशबिच हुने खेलका लागि टिकट संख्या दुई हजार बढाएको छ । एन्फाले गत मंगलबार पत्रकार सम्मेलन गरी मैत्रीपूर्ण खेलका लागि धेरैमा आठ हजार टिकट बिक्री गर्ने जानकारी दिएको थियो । त्यसवेला भिआइपीतर्फ एक हजारदेखि १२ सय बिक्री गरिने बताइएको थियोे । सात हजार भने सामान्य पारापिटतर्फको बिक्री गरिने जानकारी दिएको थियोे । 

एन्फाले सामान्यमा नौ हजार र भिआइपीको एक हजार टिकट बिक्री गर्ने भएको छ । दुवैतर्फ समान एक हजार टिकट संख्या बढेको हो । एन्फाका प्रतियोगिता डाइरेक्टर सञ्जीव मिश्रले सम्पूर्ण ब्लकको अध्ययन गरेर टिकट संख्या बढाइएको बताए ।

छुटाउनुभयो की ?