मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 05 September, 2025
ललितपुरको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:१५:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मितेरी सहकारीका अध्यक्ष पनि ३५ लाख धरौटीमा रिहा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:१५:oo

कांग्रेस उपसभापति धनराज गुरुङ मुछिएको ललितपुरको मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङ पनि ३५ लाख धरौटीमा छुटेका छन् । सिआइबीले अध्यक्ष गुरुङलाई भने एक महिनाअघि मात्रै फरार प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । उनी बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएकामा बिहीबारको आदेशअनुसार ३५ लाख धरौटी बुझाएर रिहा भएका हुन् । 

सिआइबीले सो सहकारीमा १४ करोड २९ लाख रुपैयाँ हिनामिना गरेको भन्दै मुद्दा दायर गरेको थियो । सहकारीकी पूर्वव्यवस्थापक ज्योति गुरुङले संस्थाको पैसा मिटरब्याज तथा क्रिप्टोमा लगानी गरेर डुबाएकी थिइन् । ज्योति हाल फरार छिन् । उनी कांग्रेस उपसभापति गुरुङकी पूर्वपत्नी हुन् । 

ठगीबाट जोगिन धनराजले ज्योतिसँग कागजी रूपमा मात्र सम्बन्धविच्छेद गरेको आरोप लाग्दै आएको छ । सहकारीको रकम आफूले तिर्ने भनेर धनराजले समेत सहकारीको बैठकमा पटकपटक प्रतिबद्धता जनाएका थिए । अनुसन्धानको क्रममा धनराजले पनि सहकारीबाट गैरकानुनी रूपमा पैसा निकालेको खुलेको थियो । तर, उनलाई सत्ताको आडमा जोगाएको भन्दै प्रहरीकै आलोचना भएको छ । 

सोही सहकारीको ठगीमा संलग्न भएको आरोपमा पक्राउ परेका ज्योति भण्डारी र सुवास खत्री भने कारागार चलान भएका छन् । उनीहरूले ज्योति गुरुङमार्फत सहकारीको पैसा हिनामिना गरेका थिए । 

सहकारी ठगीमा प्रत्यक्ष रूपमा संलग्न धेरै सञ्चालक धरौटीमा छुट्दै आएकामा मितेरीका अध्यक्ष पनि छुट्नुलाई सत्तानिकट व्यक्ति मुछिएका मुद्दा कमजोर बनाउन खोजिएको आशंका गरिएको छ । बुधबार मात्र राप्रपा सांसद गीता बस्नेत १५ लाख धरौटीमा छुटेकी थिइन् । उनी पूर्वी नवलपरासीको छिपछिपे सहकारी चितवनको सनराइज सहकारीको ठगीकी आरोपी हुन् । 

छुटाउनुभयो की ?