शाहरुख खानको फ्यान हुँ

बिहिबार, २४ कार्तिक, २०७९
डिजिटल संस्करण
शाहरुख खानको फ्यान हुँ

अन्जना रानामगर गोलकिपर, राष्ट्रिय महिला फुटबल टिम

प्रायजसो समय प्रशिक्षणमै बित्छ । आफ्नो क्लब तथा देशका लागि कसरी राम्रो गर्ने भन्नेमै ध्यान केन्द्रित रहन्छ । फुर्सदको समय विभिन्न सिरियल, गीतका भिडियो तथा फिल्महरू हेर्छु । कहिलेकाहीँ मोबाइलमै हेर्छु, कहिले टिभी त कहिलेकाहीँ फुर्सद निकालेर सिनेमा हल पनि जान्छु ।

मलाई शाहरूख खानका फिल्महरू मन पर्छ । सानैदेखि उनका फिल्म हेरेकाले पनि मन परेको होला । उनको अभिनयको फ्यान हुँ । नेपाली फिल्म पनि हेर्छु । नेपालमा यही कलाकार मन पर्छ भन्ने छैन । सबै राम्रो नै लाग्छ । 

कुर्था मन पर्छ
प्रशिक्षणमा जाँदा ट्र्याकसुट लगाएर जान्छु । मन्दिर, घुमफिर वा सिनेमा हेर्न जाँदा भने कुर्था लगाउन मन लाग्छ । सिम्पल खालका कुर्था मेरो रोजाइमा पर्छन् । कहिलेकाहीँ फर्मल कार्यक्रम पर्दा सारी पनि लगाएर जान्छु । मेकअप भने खासै गर्दिनँ । नेचुरल स्किनमै आफूलाई सहज महसुस गर्छु । 

See More On

सुझावित समाचार