धान झार्दै, भोट माग्दै उम्मेदवार

मंगलबार, २२ कार्तिक, २०७९
डिजिटल संस्करण

उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का उम्मेदवार जगनाथ खतिवडा धान झार्दै भोट मागिरहेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि मतदाताको घरघरमा पुगेका खतिवडाले खेतमै पुगेर किसानसँगै धान झार्दै भोट माग्ने गरेको नेकपा माओवादी केन्द्रकी कटारी नगरपालिकाकी स्थानीय नेतृ मुना कटुवालले बताइन्। 

उनले भनिन्, ‘हाम्रो उम्मेदवार कमरेडले किसानलाई काम सघाउँदै भोट माग्नु कुनै नौलो होइन, जनताकै छोरो भएकाले धान झार्न सघाउन नराम्रो होइन । खतिवडाले  कटारी नगरपालिका– १२ मा चुनाव प्रचारप्रसारका लागि पुग्दा धान झार्न किसानलाई सघाएका थिए । आफू पनि किसानकै छोरो भएकाले किसानसँगै काम गर्न अल्छीपन नआउने उम्मेदवार खतिवडाले बताए । उनले भने, ‘मैले कुनै पनि प्रचारप्रसारका लागि धान झार्दै फोटो खिचेको होइन, जनता भेटेको वेला समयले दिएको मौकामा सहयोग गरेकाे हुँ । कटारी नगरपालिका– १२ मात्रमा होइन अन्य ठाउँमा पुग्दा काम सघाउने गरेको छु ।’

उनले प्रतिनिधिसभा निर्वाचन क्षेत्रभित्र एक चरणको निर्वाचन प्रचारप्रसार सकेको बताए । उनले थप्दै भने, ‘प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एक चरणको चुनाव प्रचारप्रसार सकिएको छ ।’ निर्वाचिनको मिति नजिएसँगै उदयपुरमा राजनीतिक दलका, स्वतन्त्र रूपमा उम्मेदवार बनेकाहरूले प्रचारप्रसारलाई तीव्रता दिएका छन् 
 

सुझावित समाचार