\'अँध्यारो कोठामा बसेर निर्वाचनको दुष्प्रचार गर्ने कुचेष्टा नगर्नू\'

सोमबार, २१ कार्तिक, २०७९
डिजिटल संस्करण

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न आग्रह चेतावनी दिएका छन्। 

सोमबार कलाकारहरूसँग निर्वाचन आयोगले गरेको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो चेतावनी दिएका हुन्। 

उनले भने, ‘नो नट अगेन’बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरूप्रति लक्षित मिथ्या सूचना, चरित्र हत्यालगायतका दुष्परिणामयुक्त शब्दहरूको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गर्छु। ‘नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एन्डा अगेन, इलेक्ट अगेन एन्ड अगेनजस्ता शब्दहरू भन्नलाई आयोगले रोकेको छैन। तर, यी कुराहरू भनिरहँदा सभ्य भाषाको प्रयोग गर्नुपर्छ।’  

उनले लोकतन्त्रको आडमा कसैको पनि चरित्र हत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए। थपलियाले निर्वाचनरुपि सुन्दर तलाउमा अँध्यारो कोठामा बसेर कसैले दुष्प्रचाररुपि ढुंगा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए। 

सुझावित समाचार