सम्बन्धित क्षेत्र पुग्न नसक्ने उम्मेदवारकाे कागजात आयोगको केन्द्रीय कार्यालयबाट संकलन गरिँदै

आइतबार, २३ असोज, २०७९
डिजिटल संस्करण

मंसिर ४ मा हुने निर्वाचनको मनोनयनपत्र दर्ताका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा पुग्न नसक्ने उम्मेदवारकाे निर्वाचन आयोगले केन्द्रीय कार्यालयबाटै कागजात संकलन गर्ने व्यवस्था मिलाएको छ।

बाढीपहिरोलगायतका कारण सम्बन्धित निर्वाचन क्षेत्र पुगेर मनोनयन दर्ता गर्न नसकेकाहरूका लागि आयोगले सहजीकरण गरेको हो। बुझाइएका कागजात आयोगले स्क्यान गरेर तत्काल सम्बन्धित निर्वाचन क्षेत्रमा फरवार्ड गरिरहेको छ।

मध्याह्न १२ः४५ सम्म प्रदेश सभातर्फका ७५ जनाको र प्रतिनिधिसभातर्फ ३२ जनाको कागजात संकलन भएको आयोगले जनाएको छ।

सुझावित समाचार