टिभिएसको ‘कायापलट’ योजनामा मगरले जिते शतप्रतिशत क्यासब्याक

बिहिबार, ३० भदौ, २०७९
डिजिटल संस्करण

नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ल्याएको ‘कायापलट’ योजनाको पहिलो शतप्रतिशत क्यासब्याक पाउन धापासीका भुजेन्द्र सरूमगर सफल भएका छन् । उनले बौद्ध टुसालको अटो साउन्ड ट्रेडर्स प्रालिबाट एन्टर्क १२५ री एफआई स्कुटर खरिद गर्दा शतप्रतिशत क्यासब्याक पाउन सफल भएका हुन् । 

त्यस्तै, स्याङ्जाको मनकामना वडा नम्बर  १ का इमबहादुर गुरुङले बुटवलको बालाजी अटोमोबाइल्सबाट एन्टर्क १२५ एफआई स्कुटर नकिन्दैे चार हजार रुपैयाँ र किनेपछि एक लाख रुपैयाँ गरी एक लाख चार हजार रुपैयाँ पाउन सफल भएको कम्पनीले जनाएको छ । ललितपुरका असनकुमार राईले बालकुमारीको न्याब इन्जिनियरिङबाट एन्टर्क १२५ एफआई स्कुटर नकिन्दैे २५ हजार रुपैयाँ र किनेपछि एक हजार रुपैयाँ गरी २६ हजार रुपैयाँ पाउन सफल भएको कम्पनीले जनाएको छ । योजनाबारे सोधपुछ गर्ने आठजना ग्राहकले रियलमी सी३० स्मार्टफोन जितेको जनाइएको छ ।

 योजनाअन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँचपटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने जनाएको छ । नकिन्दै एक लाख र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका रहेको कम्पनीको भनाइ छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्टफोन प्रदान गरिने तथा हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहारमा ५० लाख रुपैयाँ नगद पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार