सुर्खेत कांग्रेसले गर्‍यो संघ र प्रदेशका लागि ११८ उम्मेदवार सिफारिस

मंगलबार, २१ भदौ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेस सुर्खेतले प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको नामावली सिफारिस गरेको छ। आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि सुर्खेत कांग्रेसले उम्मेदवारहरूको नामावली सिफारिस गरेको हो।

दुईवटा संघीय निर्वाचन क्षेत्र र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा कांग्रेसबाट उम्मेदवारका आकांक्षी धेरै देखिएका छन्। कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृहजिल्लामा पार्टीको आन्तरिक कलह मिलाउन संघ तथा प्रदेश सभामा धेरैको नाम सिफारिस गरिएको छ। प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं. १ मा उपसभापति खड्काको एकल उम्मेदवारी सिफारिसमा परेको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ नरहरि भट्टराई र ज्ञानु भुसालको नाम सिफारिस गरिएको छ ।

क्षेत्र नं. १ को प्रदेश सभा (क) बाट प्रत्यक्षतर्फ चारजना र समानुपातिकतर्फ नौजनालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। प्रत्यक्षतर्फ केशरबहादुर ओली, खड्कबहादुर पोखरेल, चित्रबहादुर रेग्मी र टेकबहादुरसिंह ठकुरी रहेका छन् भने समानुपातिकमा अनन्तप्रसाद उपाध्यक्ष पौडेल, खिमानन्द ढकाल, तेजबहादुर खत्री, धनसरा शाही, नरबहादुर सुनार, नारायण सापकोटा, बलिमाया बुढा, यामलाल पंज्ञाली र सुशीला कार्की रहेका छन्।

क्षेत्र नम्बर १ कै प्रदेश सभा (ख) बाट प्रत्यक्षतर्फ सातजनाको र समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस भएको छ। प्रदेश सभा प्रत्यक्षतर्फ अमृता शाही, भूपेन्द्रबहादुर चन्द, हरिप्रसाद शर्मा, लक्ष्मीदत्त पौडेल, मानबहादुर बुढा र ऋषिप्रसाद शर्मा रहेका छन्। समानुपातिकतर्फ  झकबहादुर डाँगी, देवबहादुर चन्द, खगिसरा आचार्य, रेणु आचार्य ढकाल, कर्णबहादुर राना, हरिप्रसाद कँडेल, डण्डप्रसाद ढकाल, लितमती विक, टोपबहादुर दर्लामी, मनमाया आचार्य, ताराकेशर खड्का, नरबहादुर विक, प्रेमबहादुर विक र तीर्था वादीको नाम सिफारिस गरिएको छ।

यता, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा कांग्रेसले प्रत्यक्षतर्फ पाँचजना र समानुपातिकतर्फ १४ जनाको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फ पूर्वमन्त्री हृदयराम थानी, श्याम भारती, टिएन योगी, निरञ्जन केसी, कमलबहादुर खत्री सिफारिसमा परेका छन्। समानुपातिकतर्फ शिवराज जोशी, जानकी सिंह, गोविन्दबहादुर मल्ल, यज्ञ विसी, धर्मराज गिरी, लोकबहादुर विश्वकर्मा, तीर्थजंग शाही, साधना घिमिरे, प्रेमप्रकाश खड्का, डम्बरदेवी उपाध्याय, यमुना सापकोटा, लालबहादुर चौधरी, हिक्मत ओली र धनादेवी विष्ट रहेको छन्।

निर्वाचन क्षेत्र २ को प्रदेश सभा (क) बाट प्रत्यक्षतर्फ गोविन्द कोइराला, काली शाक्य, कमल रेग्मी, तीर्थ शाही, बालदीप कँडेल, नारायण सापकोटा, हरि विष्ट, देवकुमार सुवेदी र कर्ण बुढा गरी नौजनाको नाम सिफारिस भएको छ। समानुपातिकतर्फ २४ जनाको नाम सिफारिस गरिएको कांग्रेस जिल्ला सभापति खड्क पोखरेलले जानकारी दिए।

क्षेत्र नं. २ कै प्रदेश सभा (ख)मा पाँचजना र समानुपातिकतर्फ २५ जना सिफारिसमा परेका छन्। प्रत्यक्षतर्फ यज्ञबहादुर बिसी, टोपबहादुर रावत, उपेन्द्रबहादुर थापा, इन्द्रबहादुर रावल र कीर्तिराज जोशीको नाम छ। समानुपातिकतर्फ धनादेवी विष्ट, कमलबहादुर खत्री, कलाधर सापकोटा, गोर्खे कामी, छविलाल सिग्देल, डिल्लीराम पाठक, चन्द्रप्रसाद सापकोटा, शोभाकुमारी शर्मा, पूर्णबहादुर राना, तिलक मर्सांगी, अमृता सुनार, डम्बरदेवी उपाध्याय, नेत्रबहादुर शाही, अम्मरबहादर दानी, मोहनसिंह थापा, भक्तिप्रसाद पौडेल, रम्माकुमारी विसी, निर्मला सापकोटा, नपनसिंह भण्डारी, चन्द्रा यादव, भीष्मराज हमाल, धर्मराज गिरी, हिम्मत ओली, यामलाल कँडेल र रामप्रसाद तिमिल्सेनाको नाम रिफारिस गरिएको छ।

सुझावित समाचार