एनजिओ फेडरेसन मोरङका अध्यक्षलाई बालक बलात्कार आरोप

बिहिबार, १६ भदौ, २०७९
डिजिटल संस्करण

छिमेकमा बस्ने तेह्र वर्षीय बालकलाई अप्राकृतिक यौन शोषण गरेको आरोपमा एनजिओ फेडरेसन मोरङका अध्यक्ष राजेन्द्र ढकालविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । बुधबार पक्राउ परेका ढकालविरुद्ध मोरङ प्रहरीले बिहीबार ‘अप्राकृतिक मैथुन’ आरोपमा किटानी जाहेरी दर्ता गरेको हो ।   

पीडितले जाहेरीमा उल्लेख गरे अनुसार  विराटनगर १२ निवासी ढकालले तीजको दिन  घरमा कोही नभएको मौकामा छिमेकमा बस्दै आएका बालकलाई ललाई फकाई ल्याएर जवर्जस्ती अप्राकृतिक  यौन शोषण गरेका थिए । 

बालकमाथि अप्राकृतिक यौन शोषण भएको थाहा पाएपछि अभिभावकहरुले बुधबार मोरङमा ठाडो उजुरी दिएका थिए । त्यसपछि प्रहरीले ढकाललाई पक्राउ गरेको थियो । एजुकेसन हेल्प लाइन नामक संस्थाका अध्यक्ष समेत रहेका ५३ वर्षीय ढकालले पढाइमा सहयोग गरेको बहानामा  बालकलाई आफु नजिक ल्याउन सफल भएका थिए । 

जाहेरी दर्ता भएपछि पीडित बालकको मेडिकल जाँच गराएर बिहीबारै ढकाल विरुद्ध अदालतमा म्याद थप गरेर अनुसन्धान थालिएको  मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए। ढकालका एक छोरा एक छोरी र श्रीमती छन् ।  

सुझावित समाचार