कांग्रेस महामन्त्री गगनकुमार थापाले काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्नका लागि पार्टीमा आवेदन दिएका छन् । थापाले बुधबार काठमाडौं– ४ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि आवेदन दिएका हुन् ।
थापा अहिले पनि सोही क्षेत्रबाट प्रतिनिधित्व गर्दै प्रतिनिधिसभामा सदस्य रहेका छन् । ०६४ यता उनी संसदमा लगातार प्रतिनिधित्व गरिरहेका छन् । ०६४ मा उनलाई पार्टीले समानुपातिकबाट सभासद् बनाएको थियो ।
०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ४ बाटै प्रत्यक्ष निर्वाचित भएका थिए । संविधान जारी भएपछि ०७४ मा भएको निर्वाचन पनि सोही क्षेत्रबाट निर्वाचित हुँदै प्रतिनिधिसभामा सदस्य छन् ।