डाक्टरको सुझाव
दम श्वासप्रश्वासमा अवरोध गर्ने रोग हो । प्रायः चुरोट बढी खाएकाहरूलाई बुढेसकालमा देखिने दम (सिओपिडी) हो । त्यस्तै, अर्को एलर्जी खालको दम हुन्छ, जुन सानो उमेरमा पनि हुने हुन्छ । चुुरोट नखाएकालाई पनि हुने आज्मा भन्ने दम हुन्छ ।
यसमा हाम्रो श्वासनलीले धुलो, धुवाँ र बाहिरी वातावरणसँग इन्टड्याक्सन हुँदा श्वासनलीका नसाहरू साँघुरो भएर हुने दम आज्मा हो । धुवाँमा पकाउने कुराहरूले श्वासप्रश्वासमा अवरोध गरेको छ भने त्यो सिओपिडी दम हो । यी दुई खालका दमलाई छुट्याएर हेर्नुपर्ने हुन्छ ।
मुख्य लक्षण
- स्याँ–स्याँ हुने ।
- खोकी लाग्ने ।
- कहिलेकाहीँ छाती दुख्ने ।
- ज्वरो आउने ।
- खकार पाकेको आउने ।
ध्यानदिनुपर्ने कुरा
- धुवाँ, धुलो र चिसोबाट बच्ने ।
- निमोनिया र इन्फ्लुइन्जाको भ्याक्सिन (खोप) लगाउने ।
- निमोनियाको भ्याक्सिन हरेक पाँच–पाँच वर्षमा र इन्फ्लुइन्जाको भ्याक्सिन (खोप) हरेक वर्ष लगाउनुपर्छ ।
- धूम्रपान नगर्ने ।
- धुवाँमा बसेर पकाउन कम गर्ने । पकाउनैपरे खुला स्थान, धुवाँ सजिलै बाहिर जाने स्थानमा बसेर पकाउने । धुवाँरहित चुलोमा बसेर पकाउँदा राम्रो ।
- प्रोटिनजन्य खानेकुराहरू जस्तै– गेडागुडी, दाल, अन्डा, बोसो नभएको मासु खाने । दीर्घरोगीलाई प्रोटिनजन्य खानेकुराले इन्फेक्सनसँग लड्न मद्दत पुर्याउँछ ।