वरिष्ठ हृदयरोग विशेषज्ञ डा. रामेश कोइरालालाई तीन प्रश्न

मंगलबार, ७ भदौ, २०७९
डिजिटल संस्करण

इन्टुबेसनको समयमा बिरामीको दाँत झर्नु या भाँचिनु कस्तो प्रक्रिया हो ?
इन्टुबेसन(घाँटीबाट श्वासनलीमा पाइप राखेर भेन्टिलेटरबाट कृत्रिम श्वास फेराउने प्रक्रिया) को समयमा दाँत हल्लिनु, हल्लिएको दाँत भाँच्नुपर्ने अवस्था आउनु ठूलो विषय होइन । बिरामी बेहोस बनाउँदा थप जटिलता कम गर्न दाँत निकाल्नुपर्ने अवस्था आउन सक्छ । यो चिकित्सकलाई गाली गर्नुपर्ने विषय होइन । 

वीर अस्पतालमा पित्तथैलीको शल्यक्रियाको समयमा दाँत भाँचिएको विषयमा किन आलोचना भइरहेको छ त?
अहिले वीरमा भएको केस नबुझी सामाजिक सञ्जालमा सर्जनलाई गाली गरिँदै छ । बिरामीको प्रि–एनेस्थेटिक चेकअप नभएको भए त्यो डिपार्टमेन्टको गल्ती हो । किनभने, यस विषयमा बेहोस बनाउनुअघि नै बिरामीलाई जानकारी गराउनुपर्ने हुन्छ । 

शल्यक्रियाअगाडि बिरामीलाई उपचारका क्रममा आउन सक्ने जटिलताबारे जानकारी गराउन कत्तिको जरुरी हुन्छ ?
शल्यक्रियाका लागि बिरामीलाई भर्ना गरिएपछि थप पूर्वपरीक्षण गरिन्छ । चिकित्सकले सम्बन्धित उपचारका क्रममा स्वास्थ्यमा आउन सक्ने जटिलता वा सावधानीबारे बिरामी र आवश्यक भएमा बिरामीका आफन्तलाई समेत पूर्वजानकारी गराइएको हुन्छ । बिरामीलाई यसबारे जानकारी नगराउनुचाहिँ गल्ती हो । 

सुझावित समाचार