नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनप्रति भारतीय नेताहरूले दुःख व्यक्त गरेका छन्। भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का नेता सीताराम येंचुरीले गिरिलाई ‘कमरेड इन आम्स’ भन्दै निधनप्रति दुःख व्यक्त गरेका छन्।
‘प्रिय मित्र एवं सहयोद्धा (कमरेड इन आम्स) प्रदीप गिरिको निधनप्रति गहिरो दुख व्यक्त गर्दछु। उहाँ प्रजातन्त्रका अथक लडाकु हुनुहुन्थ्यो, जसले नेपालमा राजतन्त्रविरुद्ध संघर्षको नेतृत्व गर्नुभयो। उहाँ भारतका असल मित्र हुनुहुन्थ्यो। सलाम प्रदीप,’ येंचुरीले ट्विटरमा लेखेका छन्।
Deeply grieved at the passing away of dear friend and comrade in arms Pradip Giri. He was a relentless fighter for democracy, led struggles against the monarchy in Nepal and a steadfast friend of India.
— Sitaram Yechury (@SitaramYechury) August 20, 2022
Salute, Pradip ✊???? pic.twitter.com/zplJ6MeSvV
त्यसैगरी, भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मोहन प्रकाशले गिरिले आफ्नो सम्पूर्ण जीवन सामाजिक कार्यमा समर्पित गरेका उल्लेख गर्दै दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता तथा मेरा प्रिय मित्र सांसद श्री प्रदीप गिरिजीको निधनले गहिरो दुख महसुस गरिरहेको छु। उहाँ एक सच्चा समाजवादी नेता र गान्धीवादी हुनुहुन्थ्यो, जसले आफ्नो सम्पूर्ण जीवन सामाजिक कार्यमा समर्पित गर्नुभयो।’
Deeply saddened by the passing away of Senior Leader of Nepali Congress & a dearest friend of mine MP Shri Pradeep Giri Ji.
— Mohan Prakash (@MohanPrakashINC) August 20, 2022
He was a true socialist leader,a Gandhian & lohiate by heart who devoted his whole life to social cause. pic.twitter.com/9CGG8vwejF
यता, विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले गिरिलाई सबै विचारधाराका राजनीतिक दलको सम्मान र प्रशंसा प्राप्त गरेका नेताका रुपमा उल्लेख गरेका छन्। गिरिको आत्माको शान्तिको कामना गर्दै उनले लेखेका छन्, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभाका माननीय सदस्य प्रदीप गिरिको निधन दुखद्। उहाँ नेपाली राजनीतिका दार्शनिक र समाजवादी चिन्तक हुनुहुन्थ्यो। उहाँले राजनीतिक सीमानाभन्दा पर सबै विचारधाराका राजनीतिक दलहरूको सम्मान र प्रशंसा प्राप्त गर्नुभयो। भगवान उहाँको आत्मालाई शान्ती देऊ।’
नेपाली कांग्रेस के वरिष्ठ नेता एवं प्रतिनिधि सभा के माननीय सदस्य प्रदीप गिरि जी का निधन दुःखद। वे नेपाली राजनीति के दार्शनिक और समाजवादी विचारक थे। उन्होंने राजनीतिक सीमाओं के परे सभी विचारधारा के राजनीतिक दलों का आदर एवं सम्मान प्राप्त किया। ईश्वर उनकी आत्मा को शांति दें।
— Nitish Kumar (@NitishKumar) August 21, 2022
घाँटीको क्यान्सरबाट पीडित गिरिको हिजो राति साढे ९ बजे उपचारका क्रममा मेडिसिटी अस्पतालमा निधन भएकाे थियाे।