गम्भीर स्वास्थ्यअवस्थासँग जुधिरहेका समाजवादी चिन्तक प्रदीप गिरिलाई स्वास्थ्यलाभको कामना गर्दै सामाजिक सञ्जाल भरिएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत् गिरिको स्वास्थ्य थप जटिल बनेको खबर सार्वजनिक भएसँगै स्वास्थ्यलाभको कामनाले सामाजिक सञ्जाल भरिएको हो ।
अधिकांशले नेपाली राजनीतिक शिखर व्यक्तित्व, निष्टावान राजनीतिज्ञ, महात्मा गान्धीका वास्तविक अनुयायी, सबै राजनीतिक दर्शनवेत्ताका रूपमा गिरिलाई गिरिको चर्चा गर्दै स्वास्थ्यमा चमत्कारिक सुधारको कामना गरेका छन् ।
विसंगतिपूर्ण वर्तमान राजनीतिलाई संग्लो बनाउन गिरिको अझै क्रियाशीलता आवश्यक रहेको भन्दै कयौँले प्रार्थना गरेका छन् ।
गिरिलाई भेटेर फर्किएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले ट्वीट गर्दै ईश्वरीय चमत्कारका लागि प्रार्थना गरेका छन् । ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं,’ उनले लेखेका छन् ।
पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहालले विराट चेतना र संघर्षशील ऊर्जाको भण्डार भएका गिरिले आफ्नो सोच र विश्वासलाई बदलिदिएको र सही मार्ग देखाइदिएको उल्लेख गर्दै उस्तै प्रेरणापुञ्जको रूपमा पाइरहने, देखिरहने र सुनिरहने अवस्थाको कामना गरेका छन् ।
स्वास्थ्यलाभको कामनाले भरियाे सामाजिक सञ्जाल
सुझावित समाचार
बुधबार १० बजेसम्मका १० समाचार
भारतमा ल्यान्डफलपछि कमजोर हुँदै ‘अर्नब’, नेपालमा बिहीबारदेखि वर्षा र हिमपातको जोखिम बंगालको खाडीमा विकसित अति …
गुल्मीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
गुल्मी/ गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा…
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, चार बेपत्ता
उदयपुर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।&n…
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…