अवरुद्ध कर्णाली करिडोर खुल्यो

सोमबार, ३० साउन, २०७९
डिजिटल संस्करण

शनिबारदेखि अवरुद्ध कर्णाली करिडोर आजबाट खुलेको छ । कर्णाली करिडोरअन्तर्गत पर्ने कालिकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–  १ लालीघाटमा शनिबार पहिरो जाँदा बाटो अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डिएसपी जयश्वर रिमालले डोजरले पहिरो पन्छाएपछि कर्णाली करिडोरको कालिकोट खण्ड खुलेको जानकारी दिए । ‘पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रूपमा सुचारु भएको छ,’ डिएसपी रिमालले नयाँ पत्रिकासँग भने । 

वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटक–पटक अवरुद्ध हुँदै आएको छ ।
 

सुझावित समाचार