केहीबेरको वर्षाले काठमाडौंका सडक जलमग्न (तस्बिरहरू)

शनिबार, २८ साउन, २०७९
डिजिटल संस्करण

शनिबार दिउँसो करिब ४ बजेदेखि केही समय परेको वर्षाका कारण काठमाडौंका अधिकांश सडकहरू जलमग्न भएका थिए । पुतलीसडक, माइतीघरलगायतका सडकमा पानी जमेकाले लगभग आधा घण्टा आवतजावतमा कठिनाइ भएको थियो ।

यसैक्रममा मुसलधारे पानी परिरहेको अवस्थामा माइतिघर मण्डला आसपासको क्षेत्रमा पानी जमेर ताल बनेको थियो । आवतजावत सहज नभए पनि केही सवारीसाधनहरू भने  तालकै बीचमा  जोखिम मोलेरै गुडेका थिए ।  

तस्बिरहरू हेर्नुहोस्:

सुझावित समाचार