बुन्डेस लिगाबाट प्रिमियर लिग खेल्न आएका इर्लिङ हल्यान्डको उत्कृष्ट प्रदर्शनबाट प्रेरित म्यानचेस्टर सिटीले जितसँगै लिग सुरु गरेको छ ।
सिटीले पहिलो खेलमा वेस्टह्यामलाई २–० ले पराजित गर्याे । बोरुसिया डर्टमुन्डबाट सिटी आएका नर्वेली खेलाडी हल्यान्डले ३६औँ मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए । प्राप्त पेनाल्टीमा सहज गोल गरेका उनले ६५औँ मिनेटमा व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल थपे ।
डिफेन्डिङ च्याम्पियन सिटीले उपाधि रक्षाको अभियानमा प्रभावशाली सुरुवात गरेको छ ।