काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)को आफ्नो दोस्रो खेलमा टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।
बुधबार त्रिवि क्रिकेट मैदानमा कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर कुलश भुर्तेलको कप्तानीमा रहेको पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
प्रतियोगितामा सुदूरको यो दोस्रो खेल हो। यसअघि उद्घाटन खेलमा सुदूर लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो। पोखराको भने यो पहिलो खेल हो।
सुदूरपश्चिम दुईपटकको उपविजेता हो भने पोखरा अहिलेसम्म प्लेअफमा पुग्न सकेको छैन।
तेस्रो संस्करणमा यसअघि भएका खेलमा लुम्बिनी, चितवन राइनोज र कर्णाली याक्स विजयी भइसकेका छन्।