कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

मंगलबार, १० कार्तिक, २०८३
डिजिटल संस्करण
कर्णालीले जनकपुरलाई दियो १३३ रनको लक्ष्य

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

काठमाडौं/ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग-३ अन्तर्गत दोस्रो दिनको दोस्रो खेलमा कर्णाली याक्सले १३२ रनको योगफल तयार गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेकाे कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर जनकपुरलाई १३३ रनको लक्ष्य दिएको हो।

कर्णालीका आरिफुल इस्लामले सर्वाधिक ४३ रनको योगदान गरे। २९ बल सामना गरेका उनले चार छक्का प्रहार गरे। ३७ बल सामना गरेका पवन सर्राफले तीन छक्काको मद्दतमा ३७ रन जोडे। दीपक डुम्रे र गुल्सन झा क्रमशः १३ र १२ रन जोडेर पेभेलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

जनकपुरका लागि हर्मित सिंहले एक मेडनसहित तीन विकेट निकाले। उनले चार ओभरमा २२ रन खर्चिए। यसैगरी, मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट हात पारे। आजको खेलमा ललित महँगो सावित भए। उनले तीन ओभरमा ३८ रन खर्चिए।

सुझावित समाचार