सरकारले छापामार शैलीमा चुनावको मिति घोषणा गर्यो : नेम्वाङ

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण
सरकारले छापामार शैलीमा चुनावको मिति घोषणा गर्यो : नेम्वाङ

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ । तस्बिर : नयाँ पत्रिका अर्काइभ

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले छापामार शैलीमा सरकारले निर्वाचनको मिति घोषणा गरेको टिप्पणी गरेका छन् । प्रेस चौतारी रुपन्देहीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । 
यद्यपि, उनले निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य भएको बताए । नेम्वाङले सरकार कामचलाउमा परिणत भइसकेको पनि जिकिर गरे । ‘आजदेखि यो सरकार कमचलाउ भयो,’ नेम्वाङले भने, ‘सरकारले अब महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न पाउँदैन ।’ 
उनले सत्तामा रहेका दलले संसदीय मूल्यमान्यताविपरीत दूषित गठबन्धन गरेको टिप्पणी गरे । 
 

सुझावित समाचार