शिव परियारको ‘रिमझिम यादहरू’ सार्वजनिक

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

शिव परियारको स्वरमा नयाँ गीत ‘रिमझिम यादहरू’ सार्वजनिक भएको छ। अनुप पहारीको शब्द तथा संगीत रहेको गीत बिहीबार नवरस म्युजिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतलाई भाष्कर स्वाँरले अरेन्ज गरेका छन्।

गीतको भिडियोमा निराजन प्रधान र करुणा श्रेष्ठको अभिनय रहेको छ। राजेश पुमा राईले निर्देशन गरेकाे भिडियोलाई विकास दाहालले सम्पादन गरेपछि सार्वजनिक गरिएको हो।

सुझावित समाचार