ललितपुर महानगरलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

आइएमई इलेक्ट्रिकले ललितपुर महानगरपलिकालाई पाँचवटा राफ्ट इलेक्ट्रिक स्कुटरहरू हस्तान्तरण गरेको छ । नगरपालिकालाई हस्तान्तरण गरिएको राफ्ट वारिअर भारतमा उत्पादन भएको हो । सो स्कुटर एकपटक फुल चार्जमा सय किमि रेन्जसम्म गुड्न सक्ने कम्पनीले जनाएको छ ।

भारतमा उत्पादित राफ्ट स्कुटर, वारिअर साथै टिस्टा, इन्डुस, नुब्रा, जिस्पासमेत नेपालमा उपलब्ध मोडलहरू हुन् । सेगमेन्टकै आधिकतम ३२० किमि रेन्ज दिन सक्ने स्कुटर पनि नेपाली बजारमा रहेको कम्पनीले बताएको छ ।

महानगरका मेयर चिरिबाबु महर्जनका अनुसार नगर सुरक्षालाई व्यवस्थित गर्न र प्रभावकारी कार्य गर्न नगर प्रहरीलाई स्कुटरले अझ सुविधा दिनेछ । नगर प्रमुख सीताराम हाछेथुले क्विक रेस्पोन्स टिमले स्कुटरहरूलाई प्रयोग गर्ने र निरन्तर नगर व्यवस्थापनमा खटिन मद्दत पुग्ने बताए ।

सुझावित समाचार