नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ठूला कर्जाहरूको अनुगमनलाई कडाइ गर्ने भएको छ। विशेष गरी त्यस्तो कर्जाको उपभोगलाई केन्द्रमा राखेर अनुगमनलाई कडाइ गर्ने नीति राष्ट्र बैंकले ल्याएको हो।
शुक्रबार चालू आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले ठूला ऋणको अनुगमनलाई कडाइ गर्ने बताएको हो। यस्तै, बैंक तथा वित्तीय संस्थाबाट ठूला कर्जा उपभोग गर्दै आएका ऋणीहरूको पहिचान गर्न लार्ज एक्सपोजर फ्रेमवर्क तयार गर्ने नीति पनि राष्ट्र बैंकले ल्याएको छ।
यसका अलावा विद्यमान एकल ग्राहक कर्जासम्बन्धी सीमालाई पुनरावलोकन गरिने राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए।