काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको एक गोदाममा आगलागी भएको छ । प्रहरीले ह्विलचेयर गोदाममा आगो लागेको जनाएको छ ।
अहिले काठमाडौं महानगरपालिकाको दमकलको सहायतामा सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन ।