लुम्बिनी विकास बैंकको सहयोग

मंगलबार, २१ असार, २०७९
डिजिटल संस्करण

लुम्बिनी विकास बैंकले भकुन्डेबेँसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई फर्निचर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समितिको कार्यालयलाई ११ थान कुर्सी र एक थान टेबल हस्तान्तरण गरेको हो । 

बैंकको भकुन्डेबेँसी शाखाका प्रमुख विनोद गिरीले संस्थाका अध्यक्ष उद्घवप्रसाद हुमागाईंलाई उक्त सामान हस्तान्तरण गरेको जनाइएको छ । शाखा प्रमुख गिरीले भकुन्डेबेँसी क्षेत्रमा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको लागि सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । भकुन्डेबेँसी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा हाल करिब आठ सय उपभोक्ता सदस्यहरू रहेको जनाइएको छ । 


हाल बैंकले सातवटै प्रदेशमा ८६ शाखामार्फत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार