बैठकमा समयमा उपस्थित हुन मन्त्रीहरूलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

शुक्रबार, १० असार, २०७९
डिजिटल संस्करण
बैठकमा समयमा उपस्थित हुन मन्त्रीहरूलाई राष्ट्रिय सभा अध्यक्षको रुलिङ

फाइल फाेटाे ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारका मन्त्रीहरूलाई राष्ट्रिय सभाको बैठकमा तोकिएकै समयमा उपस्थित हुन रुलिङ गरेका छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरू संघीय संसदप्रति उत्तरदायी हुने संविधानले व्यवस्था गरेको उल्लेख गर्दै सदनमा उपस्थित भई आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यसूची अगाडि बढाउनु र सदनमा उठेको प्रश्नको जवाफ दिनु सम्बन्धित मन्त्रीको जिम्मेवारी रहेको बताए।

अध्यक्ष तिमिल्सिनाले मन्त्रीहरूलाई राष्ट्रिय सभाको बैठकमा तोकिएको ठीक समयमा उपस्थित भई सदनमार्फत जनताप्रति जवाफदेही बन्न रुलिङ गरे।

सुझावित समाचार