अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)

मंगलबार, ७ असार, २०७९
डिजिटल संस्करण

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । 

योग दिवसका अवसरमा मंगलबार काठमाडौंको भद्रकालीमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ सरकारी अधिकारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधनसमेत गरेका थिए ।  सैनिक मुख्यालय प्रांगणमा भएको कार्यक्रममा योगाभ्याससमेत गरिएको थियो । 

हेर्नुहोस् नयाँ पत्रिकाकर्मी संजित परियारले खिचेका केही योगाभ्यासका तस्बिर :

See More On

सुझावित समाचार