एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

मंगलबार, ३१ जेठ, २०७९
डिजिटल संस्करण

एमालेका सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मामाथि गम्भीर प्रश्न उठेको भन्दै  राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै सांसद पाण्डेले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिहरूसँगको साँठगाँठमा करको दर हेरफेर गरेको आरोप लागेकाले नैतिक रूपमा पदमा बस्न नमिल्ने बताए ।

उनले  गोपनीयताको विषयलाई बाहिर सार्वजनिक गर्नु गम्भीर अपराध भएको भन्दै अर्थमन्त्री शर्मामाथि छानबिन हुनुपर्ने बताए । सांसद पाण्डेले यस विषयमा संसदले पनि कदम चाल्नुपर्ने बताए । 

सांसद पाण्डेले यस प्रकरणको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि ध्यानाकर्षण गराए । उनले यस विषयमा प्रधानमन्त्री देउवाले जवाफदेहिता लिनुपर्ने भन्दै संसदलाई जानकारी गराउन पनि आग्रह गरे । 

सुझावित समाचार