संखुवासभाका बिरामीलाई नि:शुल्क सेवा दिँदै डा. केसी

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण
संखुवासभाका बिरामीलाई नि:शुल्क सेवा दिँदै डा. केसी

संखुवासभा अस्पतालमा बिरामीको जाँच गर्दै डा. गोविन्द केसी । तस्बिर : नयाँ पत्रिका

अर्थोपेडिक सर्जन डा. गोविन्द केसीले खाँदबारीमा रहेको जिल्ला अस्पतालका विरामीलाई निःशुल्क सेवा दिएका छन् । आइतबार खाँदबारी आएका केसीले सोमबारदेखि दुर्गम क्षेत्रका नागरिकलाई नि:शुल्क सेवा दिएका हुन् । 

मेडिकल शिक्षामा हुने विकृतिविरुद्ध पटक–पटक अनशन बसेका केसी पछिल्लो समय ग्रामीण क्षेत्रहरूमा पुगेर बिरामीलाई निःशुल्क सेवा दिने गरेका छन् । शिक्षण अस्पताल महाराजगन्जबाट सेवानिवृत्त भएपछि उनी अधिकांश समय विकट जिल्ला पुगिरहेका छन् । संखुवासभा आउनुअघि उनले पूर्वकै खोटाङ र भोजपुर पुगेर हाडजोर्नीका बिरामीको नि:शुल्क उपचार गरेका थिए । 

विशेषज्ञ डा. केसी आउने भएपछि जिल्ला अस्पताल खाँदबारीले हाडजोर्नीका बिरामीलाई नि:शुल्क सेवा दिन सूचना जारी गरेको थियो । त्यसपछि अस्पतालमा हाडजोर्नी तथा नसा रोगका बिरामीको भिड लागेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. पंकज गुप्ताले जानकारी दिए ।

See More On

सुझावित समाचार