कार्यकर्ताको होहल्लापछि दार्मा गाउँपालिकामा मतगणना रोकियो

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

सल्यानको दार्मा गाउँपालिकमा मतगणना कार्य रोकिएको छ। नेपाली कांग्रेसका कार्यकर्ताले मतगणनास्थलमा होहल्ला गर्न थालेपछि मतगणना रोकिएको हो। 

मतगणनास्थलबाहिर लाठीसहित कांग्रेस कार्यकताले होहल्ला गरेपछि मतगणना स्थगित भएको हो। सो क्रममा समाचार संकलन गर्न गएका रेडियो शारदाका पत्रकार प्रकाश शर्मालाई उनीहरूले हातपातसमेत गरेका थिए। फोटो खिचिरहेको अवस्थामा आफूले लगाएको कपडा च्याती मोबाइलसमेत लगेका पीडित पत्रकार शर्माले बताए।

पत्रकारमाथि गरिएको दुर्व्यवहारको अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ। अहिले मतगणना सुचारु गर्न सर्वदलीय बैठक सुरु भएको छ।

सुझावित समाचार