यात्रीको आमा बोलको गीति भिडियो सार्वजनिक

सोमबार, २८ चैत, २०७८
डिजिटल संस्करण

कलाकार तथा शब्द संकलक कृष्ण बोहरा यात्रीको ‘आमा’ बोलको गीति भिडियो सार्वजनिक भएको छ । यात्रीको शब्द संकलन रहेको उक्त गीतमा गायिका शान्तिश्री परियारले स्वर तथा चक्र बमको संगीत रहेको छ । उक्त गीतको भिडियो यात्रीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

मालश्री स्टुडियोबाट निर्मित उक्त गीतको भिडियोमा प्रकाश भट्टको निर्देशनमा कलाकार अञ्जली अधिकारी, हिउँवाला गौतम, श्याम बोहरा र गणेश खत्रीको अभिनय रहेको छ । त्यस्तै, गीतमा चक्र बमको संगीत रहेको छ । गीतमा आमा र छोरीबीचको सम्बन्धलाई देखाउन खोजिएको छ । 

See More On

सुझावित समाचार