पत्रकार पाण्डेको रिहाइको माग गर्दै प्रदर्शन

शुक्रबार, १८ चैत, २०७८
डिजिटल संस्करण

दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ। दुबईमा रहेको नेपाली दूतावासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाई दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने कारबाही सुनाएसँगै उनी त्यहाँको जेलमा छन्।

जेलमा रहेका पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले शुक्रबार माइतिघर मण्डलामा प्रदर्शन गरेको हो। उनलाई जेल पुर्याउन युएईस्थित नेपाली दूतावास नै लागि परेको उनका आफन्तहरूको आरोप छ। युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ।

सुझावित समाचार