तीन महिनापछि बागमती प्रदेश सभाको बैठक बस्दै

आइतबार, २९ फागुन, २०७८
डिजिटल संस्करण

बागमती प्रदेश सभाको बैठक आज (आइतबार) बस्दै छ। यसअघि पटकपटक स्थगन भएको बैठक झन्डै तीन महिनापछि आज बस्न लागेको हो।

बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। नेकपा (एमाले)को अवरोधका कारण गत पुस ८ गते स्थगन भएको प्रदेश सभाको नवौँ अधिवेशनअन्तर्गतको  बैठक यसअघि पटकपटक मिति तय भए पनि बस्न सकेको थिएन। यसअघि फागुन १६ गतेका लागि बोलाइएको बैठक पनि विशेष कारण देखाउँदै स्थगन गरिएको थियो।

प्रदेश सभामा हाल एक सय नाै सदस्य छन्। तीमध्ये एमालेका ४३, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझाका तीन, नेमकिपाका दुई, राप्रपाका दुई र जसपाका एक सांसद छन्। रासस

सुझावित समाचार